Trending Vids

रम्बी ज्ञानपीठ विधालयमा रबीन्द्र ओपन अध्ययन केन्द्र खोलिने

Rabindra open schooling in rungbee jnanpith higher secondary school mungpoo
प .बंगाल सरकारको नियम  अनुसार १९ अप्रेल २०१५ को दिन दार्जीलिंङ जिल्ला निरीक्षक अनि रबीन्द्र ओपन बिधालय ( The West Bengal Council of Rabindra Open Schooling ) को अध्यक्ष साथै सम्पूर्ण उच्चतर माध्यमिक विधालयका प्रधानाध्यापकहरुको उपस्थितिमा जिल्लाको प्रत्येक क्षेत्रमा रबीन्द्र ओपन बिधालय संचालन गर्ने प्रस्ताव पारित गरियो| जसमा रंगली रगलीयट क्षेत्रमा मङपु रम्बी ज्ञानपीठ उच्चतर माध्यमिक बिधालय ( Rungbee Jnanpith Higher Secondary School ) लाई अद्ध्यान केन्द्रको रुपमा चयन गरिएको छ | तथापी एनसीटीई अनि सुप्रिम कोर्टको आदेश अनुसार एस.एस.के, प्राइमेरी रेगुलर टिचर अनि प्राइमेरी प्यारा टिचरहरुलाई एचएस सम्म ५० प्रतिसत अंक प्राप्त गर्न हेतु उक्त आदेशलाई पालन गर्न अति महत्वपूर्ण रहेको छ | यसरी नै एचएस एपियर र अन उतीर्ण हुनेहरुले पनि यदि प्रमाण पत्र छ भने उक्त प्रमाण पत्रको आधारमा भर्ना  लिनुपर्ने अनि एक बर्षको कोर्स गर्न पर्नेछ | ग्रेजुएट अनि एमए  गर्नेहरुले पनि यदि एचएसमा ५० प्रतिसत अंक प्राप्त गरेको छैन भने उनीहरुले पनि एक बर्षको कोर्स नितान्त रुपमा गर्न पर्नेछ | यदि माध्यमिक परीक्षा मात्र उतीर्ण भए उनीहरुले  दुई बर्षको कोर्स गरि ५० प्रतिसत अंक प्राप्त गर्न आवश्यक छ | उक्त सम्पूर्ण बिषयमा जानकारीको निम्ति  मङपु  रम्बी ज्ञानपीठ उच्चतर माध्यमिक विधालयकै प्रधान अध्यापक बीके गुरुङलाई कार्यलयमा आएर सोझै  सम्पर्क राख्ने रङलीरङलीयट क्षेत्रका इत्छुक शिक्षक शिक्षिकावर्गलाई अपील गरेका छन |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB