Trending Vids

Mungpoo celebrates 2559th Buddha Jayanti

Mungpoo celebrates 2559th Buddha Jayanti
Mungpoo celebrates 2559th Buddha Jayanti: यस बर्ष पूर्णिमा दुई दिन रहेको ज्योतिष शास्त्रीहरुले बताएता पनि मङपु क्षेत्रको सार्वजनिक बौद्ध गुम्बाहरुमा  सोमबारको दिन नै भब्य रुपमा बुद्द पुर्णिमा पालन गरियो | यसै अवसरमा यहाको दोङाग छोईलिंङ सार्बजनिक बौद्द गुम्बा लाब्दामा चार दिन देखि पुजा चलिरहेको छ | १ मई देखि गुम्बाका धर्मगुरु उदय पाख्रीनको अगुवाईमा विधिवत रुपमा दोमाङ पाठ शुरु गरियो भने २ मईको दिन देखि डालछ्योक पुजा अनि मध्यान्हपछि भुकम्पमा ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्मा शान्तीको निम्ति १०८ दीप प्रज्वलन गरि म्हानीम्होलम (प्राथना) गरियो | यसरी ३ मईको दिन विश्व शान्तीको निम्ति होमको कार्यक्रम गरियो भने सोमबारको दिन गान्तोक देवराली गुम्बाबाट पाल्नु हुने धर्मगुरु टुल्कु जिग्मी तेंज़िंङ छोकी ग्याम छोकको बाहुलीबाट छेवाङ अभिषेक बितवरण  गरियो | २५५९वा बुद्द जयन्तीको अवसरमा सोमबारको दिन बौद्ध धर्मलम्बीहरुले शिरमा पुस्तक बोकेर लाब्दा गुम्बा देखि नालीडाड़ा हुदै नगर परिकक्रमा गरे | स्थानीय नगारिकहरुले पनि बौद्ध धर्म ग्रन्थ पुस्तकलाई आ  - आफ्नो शिरले धोग दिदै दर्शन गरे | बुद्द जयन्तीको अवसरमा भक्तजनहरुले धर्मगुरुहरुबाट अभिषेक ग्रहण गर्दै आशिर्वाद थाप्न भीड़ भएको देखियो | यस्तै गरि कपिसडाड़ा रम्बी बिभाग स्थीत झोकछेन कोंनछयोग च्यिदुई सार्बजनिक बौद्द गुम्बामा पनि २२ अप्रेल देखि ३० अप्रेल सम्म धर्मगुरुहरुद्वारा क्याग्युर पाठ १ मईको दिन पुजा अर्चना एवं बौद्धधर्मगुरुद्वारा प्रवचन सुनाईयो | यस्तै गरि ३ मईको दिन धोङसे रिम्पोछे द्वारा हवन पुजा अनि धार्मिक प्रवचन प्रस्तुत गरियो | आज सोमबारको दिन बौद्धगयाबाट प्राप्त क्यांग्ययुर तेङग्युरको नगर परिक्रमा गरियो भने धोङ से रिम्पोछेद्वारा झोकछेन कोंनछयोग च्यिदुई सार्बजनिक बौद्द गुम्बामा भक्तजनहरुलाई अभिषेक बितवरण गर्दै आशिर्वाद प्रदान गरियो | यस्तै गरि दया र करुणाको प्रतिमुर्ति अमिताभ बुद्दको २५५९ वा जन्म जयन्ती यहाँको मङपु विभागीय सार्बजनिक बौद्द गुम्बामा पनि भब्य रुपमा पालन गरियो |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB