Trending Vids

Mungpoo celebrated 155th birth anniversary of Rabindranath Tagore

Gautam deb in 155th birth anniversary of Rabindranath Tagore
Mungpoo celebrated 155th birth anniversary of Rabindranath Tagore in its Memorial Hall near Rabindra Museum in the presence of North Bengal Development minister Gautam Deb, Darjeeling SDO Saura Mondal, Local BDO (Takdah) Kallol Roy and Cinchona Director Dr. Samuel Rai.

मङपु९मई(केशर मोक्तान): आज स्थानीय रबिन्द्र भवनमा विश्वकवि रविन्द्रनाथ ठाकुरको १५५ वा जन्मजयन्ती सिन्कोना बगान निर्देशक डा.सामुएल राईको अध्यक्षतामा सम्पन्न भयो | समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि उत्तर बंगाल बिकाश मन्त्री गौतम देवले राज्य सरकारको पक्षबाट मङपु रविन्द्रनाथ संग्रहालयमा अन्तराष्टिय स्तरको गवेषणा केन्द्र स्थापित गरिने घोषणा गर्दै यस बिषयमा जीटीए साथै बिमल गुरुङ संग पनि कुराकानी गर्ने जनाए | बील तिर्न नसकेर बिधुत बिभागबाट बिधुत सर्वाह  काटिए पछि हिज मात्र रबिन्द्र जयन्ती पालन गरिने खबरले जडान गरिएको मङपु  रविन्द्रनाथ संग्रहालय बिधुत सर्वाह  समस्यालाई मध्य नजर राख्दै मन्त्री देवले अब उसो यस संग्रालयको निम्ति सोलार लाईटको व्यवस्था गर्ने कुरो जनाए | यस्तै गरि मङपु रबिन्द्रनाथ संग्रालयलाई सूचना एव सांस्कृतिक बिभाग (आईएनसी)ले नै देख रेख गर्ने कुरो पनि मन्त्रीले थप जनाए | मन्त्री देवले आगामी अगष्ट महिनामा २२ श्रावनको दिन कवि गुरुको पुण्यतिथि भब्य रुपमा यसै रविन्द्रनाथ संग्रलामा पालन गरिने कुरो जनाए  मङपु साहित्यक संस्थान अनि सुचना एवं सांस्कृतिक बिभाग प.बंगाल सरकारको सयुक्त तत्वधानमा आयोजनमा सम्पन्न गरिएको १५५ रबिन्द्र जयन्ती समारोहको शुरुमा कविको प्रतिमा सम्रोह्का प्रमुख अतिथि गौतम देव, दार्जीलिंङ महुकुमा अधिकारी सौरा मण्डल,तक्दा खण्ड बिकाश अधिकारी कल्लोल रोय,लगायत बगान निर्देशक एवं सभपति डा.सामुएल राईको बाहुलीबाट दीप प्रज्वलन गरियो | सहायक सूचना एवं संस्कृति बिभाग निर्देशक सुप्रिना ब्लोनले स्वागत सम्भाषण राखेको समरोहमा मङपुका गायक पदम बराईलीले स्वागत गीत राखे भने मङपुका हिल एन्जल्स एकाडमी,डलफिन इन्स्टिच्युट स्कुल अनि अगमसिह गिरी विधालयका नानीहरुले कविता वाचन,लोक नृत्य साथै अबृति प्रस्तुत गरे | कविगुरु रविन्द्रनाथ ठाकुरको जीवनी माथि मङपुका कवयित्री  सुभद्र बम्जनले दुई शब्द राखे भने  अन्त्यमा मङपु साहित्यक संस्थानका अध्यक्ष ए.के गुरुङद्वारा धन्यवाद ज्ञापन गरिएपछि सभा अन्त गरियो | आजको समरोहमा मङपुका साहित्यकार उदय थुलुंङ,सुरेन्द्र थिंङ अनि सिन्कोना बगान व्यवस्थापक एन.के बराईली बिशिष्ट अतिथिको रुपमा उपस्थित थिए |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB