Trending Vids

टीएमसी वकर्स युनियनको ६ शुत्री माग मन्त्री गौतम देबलाई

Darjeeling Cinchona Plantation Workers Union
सिन्कोना उद्योगलाई समृद् बनाउन र बगान श्रमिक - कर्मचारीवर्गको अधिकार दिलाउनको निम्ति दार्जीलिंङ सिन्कोना प्लान्टेशन वार्कर्स युनियनले छ सुत्री मांग पेश गर्दै शनिबारको दिन मङपु पार्टी कार्यलयमा उत्तर बंगाल बिकाश मन्त्री गौतम देवलाई एक ज्ञापन पत्र चडाएका छन् | उक्त छ सुत्री मांगमा सिन्कोना बगानको सरकारी कार्यलयहरुमा अधिकारीवर्गको नियुक्ती झट्ट गरिन पर्ने,सिन्कोना बिकास बोर्ड गठन गरिन पर्ने,सिन्कोना बगानको जमीन बिक्री माथि रोक लगाउनु पर्ने,जुलाई डिसेम्बर २०१४ अनि २०१५ सम्मको श्रमिकवर्गको बढ़पैसा(एरिएर) झट्टै दिनु पर्ने,औकाश प्राप्त सिन्कोना कर्मचारीवर्गको पेन्सन झट्टै दिन पर्ने आदि कुराहरु उलेख गरिएको छ | सिन्कोना बगानको उक्त समस्यालाई कार्यरुपमा   परिणत गर्न युनियन टोलीलाई मन्त्रीले आगामी हफ्ता सिलगड़ीमा डाकेको युनियन टोलीले जानकरी दिएको छ | हालैमा सिन्कोना बगान व्यवस्थापकवर्गको पद्दोनती भएपछि विभागीय कार्यलयहरुमा सहव्यवस्थापकवर्गको पद रिक्त बनेको कारण बगानको कार्यप्रणालीमा धेरै नै असुबिस्ता भईरहेको कारण उक्त रिक्त पदहरुमा झट्टै अधिकारीवर्गको नियुति गर्न पर्ने मुख्य मांग रहेको जानकारी दार्जीलिंङ सिन्कोना प्लान्टेशन वार्कर्स युनियन मूल सचिव मिरेन लामाले बताएका छन | सिन्कोना जीटीएमा गाभिनु अघिको समयकालमा सिन्कोनाको  बजेट हिल एफेर्सबाट ट्रेजरीमा  आउदा सिन्कोना विभागले सोझै बजेट प्राप्त गर्न सक्थ्यो तर अहिले जीटीए भएर आउदा सिन्कोना बजेटमा कटौती भएर आइरहेको बताउदै अहिले बगानको तलब मात्र सोझै पाईरहेको र अन्य बजेट  सम्बन्धमा   बगानको निर्देशक समेतलाई थाहा नभएको युनियन सचिव लामाले बताउदै सिन्कोना उध्योगको निम्ति बिगत दिनमा आएको बजेटको छानबिन राज्यसरकारले गर्नु पर्छ र बगान श्रमिककर्मचारीवर्गले न्याय पाउनु पर्छ भन्ने युनियनको मांग रहेको छ | हालैमा श्रम बिभागबाट सिन्कोना श्रमिकवर्गको डीए(एरिएर)को अडर निस्केको जानकारी दिदै १जुलाई देखि ३१ डिसेम्बर २०१४ सम्म ५६१६ रु बढेको छ र उक्त डीए झट्टै दिन पर्ने अनि १ जनवरी१५  देखि जुन २०१५ सम्म सिन्कोना श्रमिकवर्गको महिनाको २६ दिनको मासिक वेतन बढेर ५८३१ भएको कारण उक्त मासिक वेतनको अडर राज्य श्रम विभागबाट  निस्केको कारण उक्त बढेको डीए पनि बगान श्रमिकवर्गलाई झट्टै दिन पर्ने युनियनले मांग राखेको छ | सिन्कोना बगानलाई पुन जीवन दिनको निम्ति ” सिन्कोना डेबलपमेन्ट बोर्ड गठन” गरिन पर्छ भन्ने युनियनको मांग रहेकोले यस बोर्ड गठन गर्दा जीटीए,राज्य अनि सम्बन्धीत बिभागबाट पनि सदस्य रहेको होस् भनि उक्त युनियनको मांग रेहेको छ | उक्त बिषयमा जरुरी भएको खण्डमा युनिएन टोलीले राज्यका मुख्यमन्त्री समेतलाई भेट गर्ने कुरो सचिव लामाले पत्रकारहरुलाई जनाए | सिन्कोना बगानको जमीन निजि कम्पनीलाई दिएको  दार्जीलिंङ सिन्कोना प्लान्टेशन वार्कर्स युनियनले घोर बिरोध जनाउदै सिन्कोनाको जमीन ल्याण्ड लेबर रेसियोमा आधारित भएको कारण ६ जना सिन्कोना श्रमिक बराबर एक एकर जमीन रहेकोले यसरी निजी कम्पनीहरुलाई जमीन बितरण गर्दा यसले सिन्कोनको लेबर स्ट्रेंनथ माथि प्रभाव पर्ने भएको  कारण नै बगानको जमीन निजी कम्पनीलाई बिक्री गर्नमाथि रोक लगाउनु पर्ने युनियनको टेक रहेको छ | ५० एकर जमीन कसैलाई बिक्री गरिन्छ भने वन इज टु सिक्स (१ : ६) रसियो अनुसार ३०० जना सिन्कोना श्रमिकलाई पनिं उक्त निजी कम्पनीले रोजगार दिएको हुनपर्ने युनियनको मांग रहेको छ | छ सुत्री मांग संग संगै युनियन टोली अनि टीएमसी मङपु युनिटले उतर बंगाल बिकाश मन्त्री गौतम देवलाई मङपू देखि सिलगड़ी अनि मङपु देखि दार्जीलिंङ आवत जावत गर्न दुईवटा स्टेट बसको मांग पनि मङपुमा गरिएको हुदा मन्त्री गौतमदेवले त्यस समयमा नै सम्बन्धीत विभागका अधिकारी संग मङपुमा स्टेट बसको दिलाउनको निम्ति फोनमा कुराकानी गरिएको र चाडै नै मङपुमा दुई वटा स्टेट बस भित्रिने कुरो पार्टी कार्यकर्ताहरुले पत्रकार सम्मेलनमा बताए |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB