Trending Vids

लाब्दा बस्तीमा पशु चिकित्सा शिविर सम्पन्न

animal health camp in labdah busty mungpoo
रङली रङलीयट बिकाश क्षेत्र अन्तर्गत लाब्दा खासमहलको एसएचजी सार्बजनिक भवनमा पशु चिकित्सा शिविर साथै दुध उतपादक व्यवस्थापन माथि एक दिने प्रशिक्षण शिविर सम्पन्न भयो | यस कार्यक्रममा तक्दा रङली रङलीयट खण्ड प्राणी सम्पदा बिकाश बिभाग अधिकारी डा.अभिजित मण्डल बिशेष रुपले उपस्थित थिए | चिकित्सा शिविरमा एनजीओ “मार्केट च्येन इन्टरभेसन फर डायरी फार्मस”ले पनि सहयोग पुराएक थिए भने प्राणी सम्पदा बिकाश बिभाग र मार्केट च्येन इन्टरभेसनको सयुक्त प्रयासमा आयोजन गरिएको उक्त कार्यक्रममा अजय छेत्रीले उक्त  शिविर र प्रसिक्षण राख्नुको उदेश्य बारे प्रकाश पारे | बीएलडीओ डा.अभिजित मण्डलले कार्यक्रमलाई सम्बोधन गर्दै दुध उतपधाक ब्यवास्थान साथै बर्षेनी कसरी बाछा बाच्छी निकाल्न सकिन्छ र गाईमा लाग्ने रोगहरु बारे गाउँको कृषक दाजुभाईलाई सचेतना गराए | यसै अवसरमा उपस्थित पशुपालकहरुले बिभिन्न प्रकारको प्रश्नहरु उठाए भने ती सबैजनाको प्रति उत्तर बीएलडीओले सजिलै सित दिए | एमसीआईको तर्फबाट अल्बर्ट राई अनि अभिनय बराईलीले गाईबस्तुको बिमा बारेमा उपस्थित सबैलाई औगत गराए | प्राणी सम्पदा  बिकाश बिभागले यसै अवसरमा क्षेत्रका ५१ जना पशुपालाकहरुलाई जुगाको औषधी अनि भिटामिन मिनिरल मिक्स्चर निशुल्क रुपमा बितवारण गरे | यस प्रकारको पशु चकित्सा शिबिर आयोजन गरेर ग्रामबासीलाई सहयोग पुरायेकोमा दुध उतपधाक सहकारी समितिका जयशंकर राईले तक्दा खण्ड प्राणीसम्पदा बिभाग अनि एमसीआईका प्रतिनिधिवर्गलाई आभार व्यक्त गरेका छन् |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB