Trending Vids

समाजसेवी के.बी.गुरूङको सडक दुर्घटनामा मृत्यु

late kb gurung mungpoo
मङपुका एक  समाजसेवी व्यक्तित्व एवं ब्यापारी के.बी.गुरुङको हिज मध्य रातमा सडक दुर्घटनामा परेर मृत्यु भएको छ | उनी केही दिन देखि शारीरिक अस्वस्थ्य  रहेको कारण सिलगडीको एउटा निजि असपतालमा उपचारधीन थिए भने हिज राती सिलगड़ी नर्शिंङ होमबाट उपचारको निम्ति एम्बुलेन्समा उनलाई कोलकत्ता लगिरहेको समय राईगन्ज पुग्दा सडक दुर्घटनामा परि उनको मृत्यु भएको छ | उनको आकस्मिक निधनमा समग्र मङपुमा शोकको लहर छाएको छ | यसरी उनी मङपु मोटर कर्मचारी कल्याण संगठनका एक कर्मठ सदश्य रहेको  कारण चालक संगठन उनको दुखद निधनमा गहिरो शोक सम्वेदना प्रकट गर्दछ भन्ने जानकारी चालक संघका सभापति हर्क पाख्रीनले दिएका छन | यस्तै गरि उनि मङपु रेसेप बजार मर्च्न एसोसिएसन का पनि एक कर्मठ सदश्य रहेको कारण आज  एक दिन शोक पालन गर्दै रेसेप बजार मर्च्न एसोसिएसन भित्र पर्ने सम्पूर्ण ब्यापारी प्रतिष्ठान बन्द रहने भएको छ | उनको दुखद निधनमा शोक पालन गर्दै दुखको यस घडीमा ईश्वरले उनको परिवारप्रति शहन गर्ने शक्ति प्रदान गरुन भनि ब्यापारी संगठन प्राथना गर्दछ भनि संगठनका सयुक्त सचिव हिमत कोठारीले जनाएका छन | स्व.गुरुङको मङपुका एक असल ब्यापारी अनि समाजसेवी व्यक्तित्व रहेको कारण उनको निधनमा “नालीडाड़ा ब्यापरी संगठन”ले पनि गहिरो शोक सम्बेदना  प्रकट गरेका छन |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB