Trending Vids

मङपुको छोरो ज्ञानचन्द्र गुरुङले शारीरिक शिक्षामा पीएचडी गरेर बने डक्टरेट

Gyanchandra Gurung success PHD
मङपु १९ नोभेम्बर(केशर मोक्तान): मङपु निवासी स्व: पिता दिलकुमार गुरूङ अनि माता फागु गुरुङको एक्लो छोरो ज्ञानचन्द्र गुरुङले हालैमा  शारीरिक शिक्षामा पीएचडी परीक्षा सफल गरि डक्टरको उपाधि प्राप्त गरेका छन |  शारीरिक शिक्षा (Physical Education)  बिषयमा पीएचडी गर्ने उनि दार्जीलिंङ जिल्लामा प्रथम गोर्खे छोरो  हुन् | डक्टर ज्ञानचन्द्र गुरूङले  बाल्य शिक्षा यहाँकै मङपु बिभागीय प्राथामिक पाठशालामा चौथो कक्षासम्म  गरे भने  गाउँकै  शारदा उच्च माध्यमिक बिधालमा आठौं कक्षा सम्म,सरस्वती उच्चतर माध्यमिक बिधालयबाट माध्यमिक परीक्षा उतीर्ण गरेपछि  एसयुएमआई कालेबुङ बिधालयबाट उच्च माध्यमिक परीक्षा उतीर्ण गरे भने  सन्तजोसेप कलेज दार्जीलिंङबाट स्नातक गरे | यसरी नै उनले जोलजी र  शारीरिक शिक्षामा पनि मास्टर डिग्री हासिल गरेका हुन् | यसरी कल्याणी बिश्व बिधालयबाट २४ सेप्टेम्बर२०१४ मा  शारीरिक शिक्षा जस्तो गहन बिषयमा पीएचडी परीक्षा उतीर्ण गरि डक्टरको उपाधी प्राप्त गर्न सफल भएका छन | डक्टर गुरुङले मङपुलाई मात्र नभएर सम्पूर्ण गोर्खा जाति अनि दार्जीलिंङबासीलाई नै गौरवान्तित पारेका छन | डक्टर ज्ञानचन्द्र गुरुङले बीपीईडी अनि एमपीईडी परिक्षामा प्रथम  स्थान ओगट्नको साथै विश्वबिधालयबाट दोस्रो टप्पर भए वापत पुर्व राज्यपाल  डा.एम.के नारायणको बाहुलीबाट उनलाई जे.सी.चक्रवती मेमोरियल मेडल अनि  प्रमाणपत्र प्रदान गरिसकेका छन | डा.गुरङले २००८मा एसएससी,२०१०मा एसईटी अनि २०१२ सालमा नेट क्वालीफाईड गरिसकेका छन | हालमा उनि कदमतला हाई स्कुल सिलगडीमा  शिक्षकको रुपमा पेशारत छन | डक्टर गुरुङ पाक पुब्लिशिंङ ग्रुप पाकिस्तानबाट प्रकाशित हुने जर्नल अफ स्पोर्ट्स रिसर्चका सम्पादकीय बोर्डका सदश्य रहि आएका छन भने इन्टरनेसनल अफ कम्पुटर साइन्स इन स्पोर्ट्सका आजीवन सदश्य छन | उनले १२वटा सोधपत्र राष्ट्रिय अनि अन्तरराष्ट्रिय सेमिनारमा अंशग्रहण गरिसकेका छन उनको १५ वटा सोधपत्र राष्ट्रिय अनि अन्तरराष्ट्रिय जौरनलमा प्रकाशित भईसकेका छन | उनि शिक्षा क्षेत्रमा मात्र नभएर खेलमा पनि उनी उतिकै अब्बल  छन उनले छैटौ राष्टिय ताइकोनडु प्रतियोगोतामा सिल्बर मेडल प्राप्त गर्न सफल भएका छन | आज पनि शिक्षक पेशा संगसंगै पोस्ट डक्टरोइयल रिसर्चको लागि उनि प्रयासरत रहेका बताउछन | यसरी हालसम्म बिभिन्न विधामा मङपुका छोराहरु डा.ज्ञानचन्द्र सुब्बा,डा. भोजबहादुर गुरुङ, डक्टर सन्तोषराई, डा.ज्ञान चन्द्र गुरुङ लगायत अन्यले पीएचडी गरिसकेका छन् |

  Gyanendra Gurung awarded PhD Degree in Physical Education


Adding to the list of meritorious list of PHD holder in Mungpoo, Gyanendra Gurung has been awarded with a PhD Degree in Physical Education.Gurung is probably the first one from Darjeeling Hills to obtaion the Degree.

Born to Late Dil Kumar Gurung and Fagu Gurung  Gyanendra Gurung  was an intelligent and hard working student. He passed his 10th Board Exam from Sharda HS Mungpoo and Class 12 board from SUMI Kalimpong. After Completing college from ST Josephs College Darjeeling he went to Kalyani Universities for higher Studies where he was conferred with PHD Degree in 24th Sept this year.
He was conferred with prestigious JC Chakrawarti Memorial Award from the hand of Ex Governor Dr M K Narayan after he passed the BPED and MPED exam in first Division and becoming the second topper in entire university.


'Comparative study of Anthropometric profile and motor Performance of Student of Different Attitude' was the title of the thesis and under the supervison of Dr Krishna Banerjee.He is associated with many national and international Journals
He is recently working as a teacher at Kadamtala High School.
Dr Gyanendra Gurung  joins the Elite group of Dr . B.B Gurung, Dr G.C.Subba ,Dr Santosh kumar Rai all PHD holder from Mungpoo.

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB