मङपु पुलिस पोस्ट प्रभारी गौतम मालिकको स्थानन्तरण


police ASI gautam malik in Mungpooरङली रङलीयट थाना अन्तर्गत पर्ने मङपु पुलिस पोस्ट प्रभारी ए.एस.आई. गौतम मालिक आज यहाँबाट स्थानान्तर भई विधान नगर थानामा गएका छन | उनी गत बर्ष अक्टुबर महिनामा यस पुलिस चौकीमा प्रभारीको रुपमा आएका थिए भने प्राय एक बर्षको कार्यकालपछि उनी यहाँबाट बिधाननगर थानामा स्थान्तरण भएका छन | उनलाई आज यहाको पुलिस चौकीमा सम्पूर्ण संघ संस्था अनि चालक संगठनका प्रतिनिधिवर्ग  साथै राजनैतिक नेतागणले खदामाला अर्पण गर्दै उपहारहरु प्रदान गरेर बिधाई दिए भने आज उनको ठाउँमा मङपु पुलिस पोस्टमा थाना प्रभारीको भार सम्हाल्न पुलिस अधिकारी दलबहादुर बिश्वकर्म आएका छन भने उनलाई पनि मङपुको जनताले स्वागत जनाएको छ | स्मरण रहोस पहिले यस मङपु पुलिस पोस्टमा एस.आई. मात्र पुलिस प्रभारी थिए भने गत एक बर्षदेखि ए.एस.आई.ले मात्र पुलिस चौकीको रुपमा देखरेख गर्दै आईरहेका छन जसको कारण यहाको जनताले केही  ठुलो दुर्घटना भएर एफआआर गर्न परे रङली रङलीयट थाना जानु पर्ने भएको जनताको गुनासो रहेको छ | प्राय एक लाख जनसंख्या भएको ठाउ मङपुमा अनि यस मङपु पुलिस पोस्टमा पनि पहिले जस्तै पुलिस एस.आई नै सम्बन्धित विभागबाट दिए असल हुने थियो भनि स्थानीय जनताको मांग रहिआएको छ |

Share news to:

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB