Trending Vids

मेची एफसी नेपाल मंग्पू गोल्ड कप २०१४ देखि बाहिर

Mechi FC Nepal Vs SAI Siliguri
मेची एफसी नेपाल (निलो जर्सीमा) र साई सिलिगुडी (सेतो निलो जर्सीमा )
दुई दिवसीय मंग्पू दिवाली खेलकूद (मेला) को भोलिपल्ट फाइनल खेला हुने मंग्पू यूथ बोइस क्लब द्वारा आयोजित सम्पन्न भइरहेको “ मंग्पू गोल्ड कप २०१४ “ को आजको दोश्रो क्वाटर फाइनल मेची एफसी नेपालको सिलिगुडी साई सित भिडन्त थियो | दुवै दलका खेलाडीहरुले देखाएको उत्कृष्ट प्रदर्शनीले दर्शकहरुलाई निराश बनाएको थिएन आजको खेलमा | पूर्वार्धको समयसम्म दुवै दलका खेलाडीहरुले धुवाँदार खेल प्रदर्शन गरे पनि कतैबाट पनि गोल हुननसक्दा उपस्थित दर्शकहरुले निर्णायक गोल नभएसम्म आफ्नो स्थानदेखि चलमलाउन नसक्ने स्थिति बनाएका थिए दुवै पक्षका खेलाडीहरुले | यसरी आफ्नो दललाई जिताउने प्रतिष्पर्दामा मेची एफसीका जर्सी नम्बर २, ५ र सिलिगुडी  साईका जर्सी नम्बर ७ ले खेल निर्णायकबाट चेतवानी स्वरुप पहेंलो कार्ड पनि पाएका थिए |
उतरार्धको खेला शुरु भएको ५ मिनट भित्रमै सिलिगुडी साईका जर्सी नम्बर ८ दीपचन्द्र एक्काले मेची एफसीको विरुद्धमा रोचक गोल गरेर खेलमा अझ त्वरण सृर्जना गरेका थिए भने यता मेची एफसीका खेलाडीहरुले पनि गोल सुलाएर अझ गोल गर्ने होडमा खेलको अन्त सम्म नै सकभर प्रयाश गरेपनि खेलावाधि भरि पनि सिलिगुडी साईको उत्कृष्ट सुरक्षाको घेरोबाट गोली फुत्काएर गोल गर्न नसक्दा अन्तमा मेची एफसी नेपालले १ गोल खाएर सिलिगुडी साईको सामु घुँडा टेक्न बाध्य हुँदै मंग्पू गोल्ड कपको बाँकी खेलहरुदेखि बाहिरिनु परेको छ |
यसरी नै आगमी १८ अक्टुबरको दिन सेमी फाइनल खेला एसएपी ( स्टेट आर्म पुलिस) ब्रिगेड सिलिगुडी बनाम बिर्तामोड एफसी नेपाल माझ भिडन्त हुने भएकोले यो रोचक खेल हेर्ने मौका नचुकाउन आयोजक मंग्पू यूथ बोइस क्लबको पक्षमा मनजय गुरुङले जानकारी गराउँदै खेलप्रेमी सबै – सबैलाई नै स्वागत जनाएका छन् |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB