Trending Vids

Gorkhaland Territorial Administration (GTA) Logo inaugurated

Gorkhaland Territorial Administration (GTA) Logo inaugurated
The Logo for Gorkhaland Territorial Administration (GTA) inaugurated today in Darjeeling.This Logo is dedicated to the 3Ts of Darjeeling i.e. Tea , Tourism and Timber.

Darjeeling Tea has a reputation in the entire world of being a uniquely flavored tea. This particular tea is akin to poetry,its subtle flavor like gossamer billowing in the breeze. You can taste the tender mountain sunshine and the mists that roll down over lush green tea gardens, imparting its spirit into each cup you sip dreamily. Sometimes we enjoy it so much and the imagery around it,that we forget the real people who make it possible for tea lovers all over the world to sip each mouthful of this glorious beverage.That is the very reason this logo is dedicated to the hard working tea garden workers who pick tea leaves day in and day out, bent by the load of their bamboo baskets, callused hands cut and blackened with years of tea picking,out of shape. This logo salutes this hard working community.

The Tourism in Darjeeling Hills is important and If you have ever watched the sunrise over the majestic Kanchenjunga you have seen a piece of heaven here on earth.The beautiful mountain range has always been a part and parcel of Darjeeling people and their most possessed pride and joy. That is what we miss most when we are far away from home,opening our eyes every morning and f inding her glorious beauty and constancy to sustain us for another otherwise ordinary day. The immaculate Kanchenjunga sometimes is like healer radiating beauty and hope over all alike and sometimes constant like a mother looking over her children. The Darjeeling Himalayan Railway was declared a World Heritage site by UNESCO in 1999. Though commonly called the ‘Toy-train’ by natives and tourists alike this little train and its railway lines are a feat of engineering and design considering the terrain over which it was built many years ago. This special toy train has over time become a symbol of Darjeeling signifying an old world charm hard to come by, in this age of rapid modernization.

The Rhodendron has been featured in the GTA Logo as the season of spring is a blessing everywhere in the world,but spring in Darjeeling even though shortlived between March and April is a sight to behold painted richly red and pink all over the hills.The magnificent Rhododendron trees put on a spectacular show ending as red petal carpets on gravelly hill roads over which school children walk home.This tree with its beautiful blooms are forever etched into our hearts as being a reminder of Darjeeling even though the numbers are sadly going down each year and there may come a time when we may not be able to witness such beauty and splendor.

The GTA Logo has been designed by Vikram Rai, a local graphic designer from Darjeeling and Saajan (Lhadup) Moktan a designer from Canada.

दार्जीलिङ पहाड़ अनि संग्लग्न क्षेत्रको छुट्टै विशेषता दर्शाउनेहरूप्रति गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको ससम्मान यो लोगो समर्पित गर्दछ।

यस लोगोले हामीलाई दार्जीलिङका धरोहरहरूको सम्झना दिलाउनेछ भने यसको प्राकृतिक सौन्दर्यलाई सरंक्षण गरी दार्जीलिङलाई सुन्दर अनि गरिमामय स्थान बनाउनुको निम्ति सबैलाई हातेमलो गर्ने सन्देश पनि प्रदान गर्छ।

लोगोमार्फत चियाबारीमा कार्यरत् श्रमिक समुदायलाई सम्मान गरिएको छ जसको पौरखले दार्जीलिङको चियालाई विश्वभरिमै छुट्टै गरिमामय स्थानमा पुर्याउन सक्षम बनेका छन्। विश्वको उत्कृष्ट चियाको दुइपत्ते कलिला मुनाहरू टिप्दा-टिप्दै दिन-प्रतिदिन खस्रो बन्दै गइरहेका हातहरूलाई लोगोल सम्मान दिएको छ।

प्रकृतिको अनुपम सृजना कन्चनजंघा जसको झलकले हाम्रो मुहारमा मुस्कानमात्रै ल्याउँदैन तर सुन्दर भविष्यको आशाहरू पनि स्वतः उत्पन्न हुने गर्दछ। अनेकौं पीर-मर्काबीच पनि हाँसेर जिउने कला विरासतमै पाएका पहाड़वासीहरूको निम्ति कन्चनजंघा जीवनको प्रेरणाको श्रोत हुन् भने पर्यटकहरूलाई पहाड़ चड़्ने तृष्णा जगाउने कन्चनजंघा पहाड़ पर्यटनको एक अभिन्न हिस्सा पनि हो। यसैले उक्त लोगोमा कन्चनजंघालाई विशिष्ट स्थान दिइएको छ। कन्चनजंघालाई पहाड़वासीको मीठो मुस्कानको पर्यायको रूपमा पनि
लोगोमा अकिंत गरिएको हो।

मुख्यतः लोगोले दार्जीलिङे पर्यटनको तीनवटा प्रमुख स्तम्भ चिया(टी), पर्यटन(टुरिज्म), वन-सम्पदा (टिम्बर) लाई प्रतिनिधित्व गरेका छन्। दार्जीलिङ चियाको मर्यादा विश्वभरिमै रहिआएको छ। यसको मिठो स्वादले
समुद्रको छालहरूबीच बसेर कुनै मीठो कविताको रस्वादान गरेको अनुभूति दिदँछ। पहाड़हरूसित लुकामारी खेल्दै हुने सूर्योदय अनि हरियो चियाबारीमाझ उड़िहिड़्ने सेतो बादलको स्वप्निल दृश्यको अनुबोध पनि यस चियाको चुस्कीले गराउँछ। कोईबेला यस्ता स्वप्नील अनुभूतिहरूमा यतिबिघ्न रमाउँछौं कि यस्तो चियाको उत्पादन गर्ने श्रमिकहरूलाई नै हामी भुली पठाउँछौं। यसैले उनीहरूलाई सदैव स्मरण गराइराख्न उक्त लोगो उनीहरूलाई समर्पण गरिएको हो जसले दिनैभरि आफ्नो पौरख खर्चेर आफ्नो थुम्चेभरि चियापत्ती टिप्ने
गर्छन्। लोगोले उक्त चियाश्रमिकहरूलाई नमन गर्दछ।

पर्यटन दार्जीलिङ पहाड़को महत्त्वपूर्ण हिस्सा हो। यदि तपाईले कन्चनजंघाको कोखबाट जादुमय प्रकारले सूर्योदय भएको हेर्नुभयो भने तपाईलाई धरतीमा नै स्वर्गको अनुवोध हुनेछ। सुन्दरताले परिपूर्ण हिमालय पर्वत श्रंखला जहिले पनि दार्जीलिङको अभिन्न अंश रहिआएको छ जसमा यहाँका मानिसहरू गौरव अनि खुशीको अनुभव गर्दछ। प्रत्येक बिहान यसको सौन्दर्यले हामीलाई दैनिक
जीवनमा अग्रसर बन्ने प्रोत्साहन दिन्छन्।

दार्जीलिङ हिमायलन रेलवेलाई 1999 सालमा नै यूनेस्कोद्वारा विश्व धरोहरको मान्यता प्राप्त भइसकेको छ। स्थानीय मानिस अनि पर्यटकहरू यसलाई टोय-ट्रेन पनि भन्ने गर्छन्। पहाड़को भिरालो इलाकामा धेरै वर्षअघि बनिएको यसलाई इन्जिनियरीङक्षेत्रको एउटा ठूलो उपलब्धि पनि मान्न सकिन्छ। अहिलेको आधुनिक युगमा पनि दार्जीलिङ पहाड़को पुरानो सौन्दर्य अनि रौनकताको अनुभूति दिने उक्त टोय-ट्रेन दार्जीलिङको पर्याय जस्तै पनि भइसकेको छ।

यसबाहेक लाली-गुरास पनि जीटीए लोगोमा अकिंत छन् । विश्वभरिकै निम्ति वसन्त ऋतुलाई वरदान मान्न सकिन्छ। तर दार्जीलिङमा यो ऋतु मार्च अनि अप्रेल महीनाभरि छोटो अवधिसम्ममात्रै रहने गर्दछ। तर उक्त छोटो अवधिभित्रमा पनि दार्जीलिङ पहाड़ रातो अनि गुलाबी रंगको गुरासले पूर्णरूपले सजिने गर्दछ। रूखबाट बाटैभरि खसेका गुरासका पत्रदलहरूले पहाड़का गोरेटोहरूलाई रातो गलैचा बिछ्याएकोजस्तो बनाउने गर्दछ जुन बाटो भएर स-साना केटाकेटीहरू विद्यालयबाट घर फर्किदै गरेको दृश्य कुनै सुन्दर कलात्मक चित्रभन्दा कम देखिदैन। सुन्दर गुरासको फूलले सजिएका रूखहरू हाम्रो ह्रदयमा अमिट छाप भएर बसेको छ जसले हामीलाई सदैव दार्जीलिङको सम्झना दिलाइरहन्छ। तर हरेक साल यस फूलको संख्यामा ह्रास आउँदै गइरहेको छ। यही स्थिति रहिरहे कुनै समय यस्तो पनि आउन सक्छ छ जतिबेला हामी यस्तो सुन्दर दृश्यहरूको साक्षी पनि बन्ने मौका पाउदैनौं। यसैले जीटीए लोगोमा पहाड़को जनजीवनमा लाली थप्ने लाली गुरासलाई पनि इंगित गरिएको छ।

Source: Bimal Gurung Official

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB