Trending Vids

अगमसिंह गिरी निम्नोच्च विधालयमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

Free Eye Checkup camp in Agamsingh giri junior high school mungpoo
मंग्पू आदर्श ग्राम ७४ धुरा स्थित अगमसिंह गिरी निम्नोच्च विधालय भवनमा आदर्श परिवारको सभापति भीम खरेलको सभापतित्वमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न गरियो |
नोर्देन लामा द्वारा संचालन गरिएको उक्त शिविर “ बिराटी ऊँ काशीनाथ मेमोरियल वेलफेयर सोसाइटी पंजीकृत संख्या S/1L/76344 कोलकाता द्वारा गरिएको थियो |
शिविरमा डा० एस० देवनाथ, डा० सोमा देवनाथ र सोसाइटी कै आयोजक कुमार थापाको बिषेश उपस्थिति रहेको थियो | सम्पूर्ण ग्रामबासी लगायत वरिपरिका प्राय: ५५ जनाले नि:शुल्क आँखा जाँच गराए भने पाठशाला प्रधान अध्यापक रुपाश बोम्जनले यस कार्यलाई ग्रामबासीले ठूलो उपलब्धि पाएको हो भनी बताए |
अन्तमा यस महत कार्यमा सहयोग गर्दै सफलीभूत पर्ने पाठशाला शिक्षक एरोन तामांग लगायत सम्पूर्ण शिक्षक – शिक्षिका, आदर्श परिवार, ग्रामबासी, बैध बिकाश मोक्तान, आनन्द तामांग आदिलाई धन्यबाद ज्ञापन गर्दै आदर्श परिवार सचिव नोर्देन लामाले प्रेस विज्ञप्ति मार्फत जनाएको छ |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB