बिर्तामोड एफसी नेपाल मंग्पू गोल्ड कप २०१४ को फाइनलमा प्रवेश

Birtamod FC nepal in Mungpoo Gold cup final 2014
जित्नेलाई १ लाख रुपियाँ, हार्नेलाई ५०,००० रु० नगद राशी पुरस्कार तोकिएको मंग्पू गोल्ड कप २०१४ को पहिलो सेमी फाइनल आज स्टेट आर्म पुलिस ब्रिगेड (एसएपी) सिलिगुडी बनाम बिर्तामोड एफसी नेपालको घमासान खेला मंग्पू जन मैदानमा सम्पन्न भयो | बिगतका खेल प्रदर्शनी हेरेर अड्कलबाजी गर्नेहरुले एसएपी ब्रिगेड सिलिगुडी नै फाइनल पुग्ने अड्कल काटेको भएपनि खेल शुरु भएको ५ मिनट भित्र मै बिर्तामोड एफसीका खेलाडी बिशाल राई जर्सी नम्बर १० ले एक गोल गर्दा सबैको अड्कलबाजी भताभुंग हुँदै खेला अझ रोचक भएर गएको थियो |
खेलमा पर्याप्त समय रहेकोले दुवै दलका खेलाडीहरुले आफ्नो जीत पक्का गर्न सकेसम्म प्रयास गरेपनि पहिलो हाफको खेलमा बिर्तामोडले केवल १ गोलले लिड गर्यो भने दोश्रो हाफको खेला पनि उत्तकै धुवादार हुँदै ३५ मिनटमा फेरि बिर्तामोडको पक्षमा खेलाडी बीके छधरी जर्सी नम्बर ११ ले फेरि अर्को गोल गर्दै आफ्नो दलको जीत प्राय: निश्चित गरिसकेको थियो | खेल भरि स्टेट आर्म पुलिस ब्रिगेड (एसएपी) सिलिगुडीको पक्षबाट दुइजना नाइजेरियन खेलाडीहरुले सकभरको प्रयास गरेपनि बिर्तामोड एफसीको उच्च स्तरीय डिफेन्सको घेरोबाट गोली छकाएर गोल छिराउनु भनेको फलामको चिउरा चपाउनु बराबरको भएपनि अन्तमा दोश्रो हाफको ४१ मिनटमा एसएपी ब्रिगेड सिलिगुडीको नाइजेरियन खेलाडी त्रिमूर्ति जर्सी नम्बर २ ले बिर्तामोड एफसीको नेटमा एक गोल गर्दा खेला झनै रोचक र आकर्षक बन्दै गएपनि खेलको निर्धारित समय सकिएकोले बिर्तामोड एफसीले १ गोलको बिरुद्ध २ गोल गरेर आफ्नो दललाई मंग्पू गोल्ड कप २०१४ को फाइनल म्याचको निम्ति सुरक्षित राख्न सफल भएका छन् |
दोश्रो सेमी फाइनल आगमी १९ अक्टुबरको दिन साई सिलिगुडीको सिनाल्छु नाम्ची सिक्किमसित भिडन्त हुने भएकोले दुवै दलका फ्यानहरुले आ - आफ्नो अड्कलबाजी शुरु गरिसकेका छन् |     

जित्नेलाई १ लाख रुपियाँ, हार्नेलाई ५०,००० रु० नगद राशी पुरस्कार तोकिएको मंग्पू गोल्ड कप २०१४ को पहिलो सेमी फाइनल आज स्टेट आर्म पुलिस ब्रिगेड (एसएपी) सिलिगुडी बनाम बिर्तामोड एफसी नेपालको

Labels:

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.