Trending Vids

फाइनल म्याच बिर्तामोड एफसी नेपालको भिडन्त साई सिलिगुडीसित हुने

SAI siliguri vs sinalchu namchi sikkim
क्वाटर फाइनलमा मेची एफसी नेपाललाई धुलो चटाएर सेमीफाइनल उक्लेको साई सिलिगुडीको एफसी प्लाजा बोइस गोरुबथानलाई क्वाटर फाइनलमा जितेर आउने सिनाल्चु नाम्ची सिक्किमसित आज घमासान सेमीफाइनल खेल सम्पन्न भयो | उपस्थित हजारौ दर्शक र फ्यानहरुले आ – आफ्नो दललाई शरु देखि नै हौसला दिएर उस्काइरहेका थिए भने फाइनल म्याच खेल्ने होडमा दुवै दलले एक – अर्काको गोल पोस्टमा लगातार आक्रमण गरेपनि प्राय: प्रयास व्यर्थ गएको थियो | सिनाल्चु नाम्ची सिक्किमले ३ जना नाइजेरियन खेलाडीहरुलाई मैदानमा उतारेर साई सिलिगुडीको धुलो काड्ने प्रयास गरेपनि सारा मेह्नत पानीमा मिलाइदिए साई सिलिगुडीका छरिता खेलाडीहरुले |
यसरी प्रतिद्वन्दीको गोलपोस्टमा आक्रमण गरेर दुवै दलले गोल किपरलाई तर्साउनसम्म तर्साए पनि ४५ – ४५ मिनटको पूर्वार्ध र उतरार्धको खेलमा कसैले पनि बिपक्षीको गोलपोस्टको नेट हल्लाउन भने कामयाब रहेन | दुई दल बिचको घमासान भिडन्तमा आज साई सिलिगुडीको २ र सिनाल्चु सिक्किमको १० नम्बर खेलाडीले पहेलो कार्ड समेत आए |
शुरु देखिकै रोमान्चक खेलको निर्धारित समय भित्र पनि हार जीत नहुँदा निर्णायकले ५ – ५ मिनटको अतिरिक्त समयको खेल संचालन गरेका थिए भने त्यसमा पनि चुडान्त निर्णय नहुँदा फेरि ५ – ५ पेनल्टी हनाएर खेल अन्त गर्ने चेष्टा गरेका थिए | दुवै दल शु – संगठित भएर आएकोले यसमा पनि कुनै निर्णय हुन सकेन र निर्णायकले फेरि १ – १ पेनल्टी हनाएर निर्णय दिनुपर्ने स्थिति आएको थियो | यसरी आज साई सिलिगुडीले पेनल्टीमा हराएर सुनाल्चु सिक्किमलाई मंग्पू गोल्ड कप २०१४ विदा लिन बाद्य बनाए |
अब आउँदो २८ अक्टोबरको दिन साई सिलिगुडीको बिर्तामोड एफसी नेपालसित फाइनल खेलमा भिडन्त हुने आयोजकको पक्षमा मन्जय गुरुङले जानकारी दिएका छन् |    

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB