Trending Vids

एसएपी ब्रिगेड सिलगडी क्वाटर फाईनलमा

asp siliguri won 11GR TA Darjeeling
मङपु युथ बोईज क्लबको तत्वाधान सम्पन्न भएको गोल्डकप फुटबल टुर्नामेन्ट आज तेस्रो दिनको खेल गोर्खा टेरोटीएल ११जीआर टीए० बनाम एसएपी सिलगडी माझ सम्पन्न भयो | आजको खेल एकदमै रोमान्चक बन्यो | खेलको पहिलो हाफमा दुई द्लले नै गोल गर्ने प्रयास गरेता पनि कुनै गोल हुन् सकेन | यसरी खेलको दोश्रो हाफको ५ मिनटमा नै एसएपी सिलगडीका खेलाडी जर्सी नम्बर १२ शिल्बानसले बिपक्षीको गोलपोस्टमा आकर्षक गोल दागन सफल रहे भने उक्त गोल नै आजको खेलको निर्णायक गोल बन्न पुग्यो | खेलको ९० मिनटमा सम्म गोल सुलाउने थुप्रै प्रयास गरेता पनि  ११जीआरले  गोल गर्न असफल रहेको देखियो जसको कारण ० को विरुद्दमा १ गोल गरि एसएपी सिलगडीले मङपु गोल्डकप २०१४ को अन्तिम आठमा पुग्न सफल भएको छ | यस्तै गरि आगामी २६ सेप्टेम्बरको २०१४ को दिन समय २ बजे जीजेएससी दार्जीलिंङ बनाम एफसी प्लाजा बोईज गोरुबथान माझ भीडन्त हुनेछ, उक्त खेल हेर्नको निम्ति आयोजक समिति मङपु युथ बोईज क्लब सम्पूर्ण खेलप्रेमी दर्शकवर्गलाई हार्दिक स्वागत गर्दछ |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB