Trending Vids

मङपु गोल्ड कप २०१४ - केएफएले रोयलएफसी सिलगडीलाई ३ गोल दिए

Mungpoo Gold Cup 2014 - kanchenjunga football association Vs royal fc
मङपु युथ बोईज क्लबको तत्वाधान स्थानीय जनमैदानमा आजदेखि सम्पन्न भएको राज्य स्तरीय फुटबल गोल्ड कप टुर्नामेन्ट २०१४ उद्घाटन खेलमा कन्चनजंगा फुटबल एसोसिएसन(केएफए)सिलगडीले रोयलएफसी सिलगडीलाई ० को बिरुद्ध ३ गोल गरि क्वाटर फाईनलमा प्रवेश गरेका छन | आजदेखि शुरु भएको फुटबल खेलको उद्घाटन समारोहका प्रमुख अतिथि क्षेत्रीय सभासद रतन थापाले बललाई खुट्टाले हानेर खेल शुरु गरे | यसरी खेल शरु भएको २० मिनटमा  कन्चनजंगा फुटबल एसोसिएसन(केएफए)का १८ नम्बर जर्सीधारि निग्रो खेलाडी रेमण्डले  आकर्षक गोल गरेर आफ्नो टोलीलाई १ गोल गरेर अघि बढाए | दोश्रो हाफको 15 मिनटपछि केएफएका ४ नम्बर खेलाडी अर्पण राईले फेरी दोश्रो गोल गरे भने अन्त्यमा दोश्रो हाफको ३० मिनटमा ७ नम्बर खेलाडी रिगदेंन लामाले आफ्नो दलको पक्षमा आकर्षक तेस्रो गोल गोल दाग्न सफल भए | रोयल एफसीका खेलाडीहरुले गोललाई बराबरी गर्ने कोशिष गरेता पनि उनीहरुले विपक्षीको नेटमा कुनै गोल गर्न सकेनन् | आजको खेलको अध्यक्ष मङपु सिन्कोना बगान व्यवस्थापक बिदुर कार्की अनि प्रमुख अतिथि रतन  थापाले खेल शुरु हुन् अघि खेलाडीहरुसित परिचयको आदान प्रदान गरे | मङपु युथ बोईज क्लबको तत्वाधान सम्पन्न भएको गोल्डकप फुटबल टुर्नामेन्टको २०१४ को दोश्रो खेल भोली २२ सेप्टेम्बरको दिन समय २:३० बजे स्थानीय मैदानमा मङपु युनाइटेड बनाम साई सिलगडीमाझ भीडन्त हुनेछ | उक्त गोल्डकप फुटबल खेलको मिडिया पाटनर हिमालय दर्पण रहेको छ |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB