Trending Vids

गोजयुमो द्वारा रम्बीमा रक्तदान शिविर सम्पन्न

blood donation camp by gorkha janmukti yuva morcha
गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिको निर्देश अनि गोजायुमो लाब्दा मङपु समष्टिको आयोजनामा  आज स्थानीय रम्बी प्राथामिक स्वास्थ्य केन्द्रमा रक्तदान शिविर  सम्पन्न भयो | उक्त रक्तदान शिविरमा ५३ जनाले रक्तदान गरे | यस शिविरमा जीटीए सभासदहरु क्रमैले रतन थापा,प्रकाश गुरूङ,संजय थुलुङ,काजीम छिरिंङ भुटिया लगायत गोजायुमो केन्द्रिय समतिका सदश्यहरु उपस्थित थिए | स्वास्थ्य विभागको पक्षमा डा.सी.के छेत्री, डा.रेणुका लामा,लगायत कालेबुङ ब्लड ब्यांकबाट सुजीत सुब्बा,केन्द्र घिसिंङ,आनन्द मुखिया अनि सोनाम लेप्चाले सहयोग पुराएका थिए | उक्त रक्तदान शिविरमा  सहयोग पुराउने सम्पूर्ण जनता,स्वास्थ्यकर्मी टोली,अनि पार्टीका कार्यकर्ताहरुलाई आयोजक समितिका सचिव विकास गुरूङले धन्यवाद दिएका छन भन्ने जानकारी गोजायुमो समष्टि अध्यक्ष बिज्ञान मिश्रले दिएका छन |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB