Trending Vids

मंग्पूमा नृत्यालयको उद्घाटन

St Mangal Educational Welfare Society
सन्त मंगल शैक्षिक एवं कल्याण समिति (St. Mangal Educational & Welfare Society)को विशेष सहयोगमा " त्रिवेणी संगीतालय" मंग्पूको उद्घाटन एक समारोहको साथमा सम्पन्न भयो | नृत्यको क्षेत्रमा मंग्पूलाई संधै अघि डोराउने श्रीमती जयन्ता गिरीको प्रमुख आतित्थ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो |
आफ्नो संभाषणमा श्रीमती गिरीले मंग्पू क्षेत्रमा यस प्रकारको नृत्यालयको उद्घाटन हुनु यहाँको नानीहरुलाई नृत्यको क्षेत्रमा एक स्तर माथि उकाल्नु हो भन्दै संयोजिका श्रीमती रोशनी छेत्रीको प्रयास तथा " सन्त मंगल परिवार " को सहयोगलाई सरहना गर्दै उपस्थित अभिभावक तथा नानीहरुलाई शुभकामना दिए |

कार्यक्रममा उपस्थित दार्जीलिंगबाट आएकी प्रशिक्षिका श्रीमती साविन सेर्पाले नृत्यको प्रशिक्षणमा अनुसाशनको अहम भूमिका रहेको कुरा गर्दै अभिभावक पक्षबाट पनि सदैव सहयोगको अपेक्षा व्यक्त गरिन |

मात्र  ३० जना प्रशिक्षार्थीबाट शुरु भएको उक्त नृत्य तालिम प्रत्येक शनिबार अनि आइतबार दिउँसो १.३० बजेदेखि सन्त मंगल विधालय(St. Mangal Academy)मा सम्पन्न हुनेछ |

Share news to:

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB