Trending Vids

सभासद रतन थापाको बाहुलीबाट ज्ञानपीठ बिधालयको एघारौं श्रेणीको उद्घाटन

Rungbee Jnanpith High School mungpoo
रङबी ज्ञानपीठ उच्चतर माध्यमिक बिधालय ( Rungbee Jnanpith High School mungpoo )संचालन समितिका सचिव प्रेमबहादुर शेर्पाको अध्यक्षतामा बिधालय भवन परिसरमा ११वा श्रेणीका बिधार्थीवर्गलाई स्वागत कार्यक्रम(वेलकम फ्रेसर्स) साथै भानुजयन्ती समारोह सम्पन्न भयो | कार्यक्रमको शुरुमा बाह्रौं श्रेणीका छात्राछात्रवर्गले स्वागत गीत प्रस्तुत गरे भने बिधालयका सहशिक्षिका दीपा मोक्तानले भानुजयन्तीको औचित्य बारे बताउदै सारगर्भित लेखन पनि प्रस्तुत गरे | यसरी विधालयका प्रधानअध्यापक बी.के गुरुङले उपस्थित अतिथिगण साथै एघारौं श्रेणीका छात्र छात्रावर्गलाई स्वागत जनाउदै बिधालयका नानीहरुले पदाई साथै सर्वांगीण विकास माथि पनि ध्यान दिन पर्ने आवश्यक रहेको जनाए | सह- शिक्षक सुजीत तामांङ साथै बिधार्थी प्रनेश राई अनि प्रज्ञा तामांगले संचालन गरेको समरोहमा विधार्थीहरुले स्वरचित कविता साथै संस्कृतिक कार्यक्रम प्रस्तुत गरे | समारोहका प्रमुख अतिथि जीटीए बन बिभागका कार्यकारिणी सभासद साथै क्षेत्रीय सभासद रतन थापाले अहिले सम्म बिधालयले गरेको प्रगति माथि प्रसंसा गर्दै हालैमा बिधालयले प्राप्त गरेको निर्मल पुरुस्कारको निम्ति पनि विधालय परिवारलाई बधाई टक्राए | सभासद थापाले विधालयका प्रधानअध्यापक बीके गुरुङको अथक प्रयासलाई सम्मान जनाउदै आगमी दिनमा  यस बिधालयमा पनि बिज्ञान बिभाग खोल्नु पर्ने बिषय माथि जोड़ दिए | यसरी  एघारौंको श्रेणीको निम्ति नवनिर्माण गरिएको भवनको उद्घाटन  सभासद थापाको बाहुलीबाट गरियो | नया भर्ना भएका दुई छात्र वाङगेल प्रधान अनि छात्रा जया राईलाई नयाँ फेसर्स चुनियो/ | कार्क्रमको विशिष्ठ अथितिहरुमा देवीका मोक्तान प्रधानअध्यापिका सरस्वती उच्चतर माध्यमिक बिधालय,मोर्चा मङपु जोन सचिव रतन लामा,सभापति प्रदीप छेत्री,युनियन सचिव गगन राई साथै गोजामुमो शाखा सभापति राजबिर पाख्रीन उपस्थित थिए |

Share news to:

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB