Trending Vids

विलिभर्स चर्च ब्रिज अफ होप द्वारा अभिभावक दिवस पालन

bridge of hope parents day celebration
विलिभर्स चर्च ब्रिज अफ होपको आयोजनामा आठौ अभिभावक दिवश पालन गरियो | प्रत्येक बर्ष झैँ यस बर्ष पनि ब्रिजअफ होपले आयोजना गरेको अभिभावक दिवश समारोहमा मुख्य अतिथि सिलगडी दायोसिसबाट पास्टर लाडुप लेप्चा उपस्थित थिए |  विलिभर्स चर्चको पास्टर विलियम कार्थकको अध्यक्षतामा सम्पन्न भएको अभिभावक दिवस समारोहमा बाल बालिकाहरुले अभिभावकहरुलाई खदा अनि उपहार प्रधान गर्दै भक्तीभाव प्रदान गरे | अभिभावकवर्गलाई प्रोत्साहन दिनु साथै अभिभावकहरुको दायित्व बोध गराउनु नै आजको यस अभिभावक दिवश कार्यक्रम राखिएको थियो | आजको मुख्य अतिथि पास्टर लादुप लेप्चाले अभिभावकहरुले   नानीहरुलाई कसरी सफलताको सिडीमा पुराउन  सकिन्छ भन्ने ज्ञानहरु बताए | समारोहमा नानीहरुले नृत्य,गीत, प्रस्तुत गरे | स्मरण रहोस अमेरिका भूपू राष्ट्रपति विल क्लिन्टनले घोषणा गरेको अभिभावक दिवस राष्ट्रियब्यापी रहेको छ | नानीहरुले अभिभावकवर्गको सेवा गर्नु र आज्ञा पालन गर्नु नै प्रमुख कर्तब्य रहेको समरोहमा अतिथिहरुले जनाए | सआजको यस अभिभावक दिवस कार्यक्रममा समिता राईले धन्यबाद ज्ञापन गरेको थिए भन्ने जानकारी प्रोजेक्ट कोअडिनेटर बजेन शेर्पाले जानकारी दिएका छन |

Share news to:

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB