Trending Vids

कालेबुंग युराशिया रेयुकाई १८ औ शाखा द्वारा पुण्यतिथि पालन

Kalimpong Eurasia Reiyukai
कालेबुंग, दिनांक २० जुलाईको दिन युराशिया रेयुकाई (Eurasia Reiyukai ) १८ औ शाखा समाज विकाश केन्द्रको आयोजनामा संस्थाका गुरु कोरोकु ज्यू तोकू जेन्यो ज्यू (श्रीमती सादाको मासुनागा) को ८ औ पुण्य तिथि समारोह संस्थाको बोंग बस्ती स्थित मुख्यालयमा भव्यताको साथ पालन गरियो | युराशिया रेयुकाई १८ औ शाखाको मिहाता (पवित्र झण्डा ) विराजमान गरी आयोजना गरिएको उक्त समारोहमा मिहाता जिम्मेवार शिवुचो लवांग  तामांगले मार्गनिर्देशन प्रदान गरेका थिए भने कालेबुंग वरिपरिका २१४ जनाको सहभागिता रहेको थियो |

उक्त पुण्य तिथि समारोहको अवसरमा स्थानीय बी० एल० दीक्षित पथ निवासी श्रीमती कान्ता प्रधान एवम परिवार द्वारा युराशिया रेयुकाई १८ औ शाखा समाज विकाश केन्द्रलाई प्रदान गरिएको विल चियरलाई एकजना बायो वृद्धा  ७१ वर्षीय श्रीमती पुण्य प्रधानलाई शिवुचो ग्याल्पो छिरिंग भोटियाको बाहुलीबाट हस्तान्तरण गरियो |
गुरु सादाको मासुनागा ज्यूले संस्था प्रति पुरयाउनु भएको योगदानको कदर गर्दै आयोजना गरिएको उक्त समारोहमा सहभागीहरुले संस्थाको लक्ष्य उदेश्यहरुलाई सबै मिली पुरा गर्ने प्रतिज्ञा गरियो |

Share news to:

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB