Trending Vids

मंग्पूमा बाँदरको तान्डवले बासिन्दा हैरान

Monkey making problem in Mungpoo
सम्पूर्ण मङपु लगायत यससित संग्लग्न वरिपरि क्षेत्रहरुमा बाँदरको रगरगी दिन प्रतिदिन बढ्न थालेको छ | कमान बस्तीका एक मात्र व्यवसाहिक केन्द्र रेसेप बजारमा पनि बिगत केहि दिन देखि बादरको एक झुण्डले उत्पात  मचाई रहेको छ | यस बाँदरको झुण्डले स्थानीय मानिसहरुको घरमा पसेर खाने कुराहरु खानको साथै घर भित्र राखिएको भाडा वर्तन लगायत अन्य सर सामान तोडफोड गरिदिने,पानीको पाईप चुदाईदिने,अनि बजार गर्न आएका मानिसहरुको हातबाट झोलाहरु खोसेर लाने अनि अनि कसैले यस बादारलाई खेद्न खोजे उल्टै ती व्यक्तिलाई झम्टने भएको छ | स्मरण रहोस केही महिना अघि एक महिलालाई बादरले टोकेर घाइते सम्म बनाएको छ | यदी ती बादारहरुको झुण्डलाई बन्यप्राणी बिभागद्वारा यथासिघ्र पक्रिएर अन्यत्र कतै जंगलमा लगेर नछोडीए रेसेप बजारमा कुनै ठुलो दुर्घटना घट्न सक्ने सम्भावना दिन दिने बढ्दै गईरहेको छ | यसर्थ सम्बन्धित क्षेत्रका बन्यप्राणी बिभाग लगायत सम्बन्धित निकायप्रति उक्त बिषयमा सजक दृष्टि राखी सिघ्र कारवाहीको निम्ति रेसेप बजारको सम्पूर्ण जनसाधारणको पक्षबाट निवेदन गरिएको छ |

Share news to:

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB