Trending Vids

तृणमूलद्वारा तक्दाह खण्ड विभागीय अधिकारी सित भेट

TMC Flag
रंगलीरंगलीयट तक्दाह खण्ड विभागीय अधिकारीलाई आज अखील भारतीय टीएमसी  रंगलीरंगलीयट खण्डका कार्यकर्ताहरुले भेट गरे | आज हिल टीएमसी महासचिव एन.बी.खवास,कार्यकारिणी सदश्य मिरेन लामा,खण्ड कमिटि सभापति संजय सुब्बा,सचिव पवन बल,लगायत पार्टीका अन्य सदश्य सुरज राई,रेजिना गुरुङ,जयपति राई अनि ११ वटा ग्रामपंचायत पार्टीप्रतिनिधि उपस्थिति रहेर खण्ड विभागीय अधिकारीलाई भेट गरे/आजको भेटवार्तामा पार्टीको पक्षमा मनरेगा कार्यान्वयन पद्दति,इन्दिरा आवास योजना,किशान बिकाश,अनुसुचित जाति  जनजाति बिकाश,आपतकालीन व्यक्ति बिशेष राहत कार्य,खण्ड अनि ग्रामपंचायत बिगठन एवं पूर्णगठन बिषयहरु वार्ताको बिषय रहेको थियो/एकल राजनैतिक पार्टीको दबावमा यस खण्ड अन्तर्गत सबैकार्यहरु लापरवाही अनि मनमानी पूर्ण भएको हुदा अब उसो त्यसो हुन  नदिन टीएमसी ब्लक कमिटिले वार्ताद्वारा बीडीओंलाई जनाए/मनरेगा कार्य ब्लक  अन्तर्गत  कतिपय क्षेत्रहरुमा अझै पनि ग्राम संसद बिना नै कार्य भईरहेको साथै पार्टीका कार्यकर्ताहरुले ग्रामसंसदमा सभापति गरिरहेको अनि सामग्री वितरकहरुले सठीक समयममा सरसमान वितरण नगरिएको बिषयमा पनि अधिकारी सित जोड़तोडले बहस चल्यो/अतिरिक्त सभासदहरुको सिफारिसमा ग्रामपंचायत  सचिवहरुले काम गरेर एनलाई पुर्णरुपमा उलन्घन गरिरहेको  प्रतिनिधिहरुले अधिकारी अघि ठोकुवा गरे/अत:बिषय तथा समस्य समाधान गर्दै मनरेगा कार्यको निम्ति क्षेत्रीय सभासदको सिफारिस अबउसो नचल्ने स्पष्ट रुपमा अस्वशन दिदै बीडीओले कुनै जीपी मा यस्तो भईरहेको छ भने सचिवहरुलाई पत्रचार गरि एन मुताबिक कार्य गर्न दृड़ रहने निर्देश दिने पनि बताए/मनरेगा माथिको लापरवाही भ्रष्टाचारलाई ध्यानमा राख्दै अस्वाशनकीय कदम उठाउने भेटवार्ता टोलीलाई औगत गराए/इन्दिरा आवास योजनाको कुनै सरकारी रकम आजसम्म  नआएको तर आएको खण्डमा सन २००५मा त्यार भएको सुची अनि सूचिको कार्यकर्तालाई ध्यानमा राखेर नै घर बितवरण गरिने बताए/तर सूचिको अग्रपंक्तिमा नाम भएकाहरुको कुनै योजनाद्वारा तथा आफ्नै प्रयासमा नै  घर निर्माण भईसकेको छ भने उक्त व्यक्तिहरुको स्थानमा अन्य व्यक्तिहरुलाई घर निर्माण गरिदिने खण्ड विभागीय अधिकारीले बच्न दिए/यसबाह्के बृद्दभत्ता,बिधुवा अनि बिक्लंङ भत्ता तथा बिभिन्न महत्वपूर्ण बिषयमा परिचर्चा गरियो/अन्त्यमा ब्लक अनि जीपी बिगठन गरि पुर्नगठन बिषय पनि आजको भेटवार्तामा चर्चा गरियो/बिशेष मङपुको बिभिन्न जीपी अनि सिटोंङको तीन जीपीलाई मिलाएर एउटा ब्लक निर्माण प्रतिक्रिया अग्रससित गराएको बताउदै लामाहट्टा दबाईपानी मिलाएर एउटा ब्लकको प्रपोजल सरकार कहाँ पठाईसकेको टोलीलाई अधिकारीले  औगत गराए/आजको खण्ड बिकाश अधिकारी सितको भेटवार्ता जनता जनार्दनको निम्ति लाभदयाक रहेको बताउदै कुलैन बगान,बनबस्ती अनि चियाबगानका श्रमिक जनतालाई आजको अधिकारी सितको भेटवार्ताले ठुलो राहत मिल्नेछ अनि अवाजबन्द जनताले मुक्ति पाउनेछ/ ग्रामपंचायत पनि सहायक कमिटीले जनताको हक र हितको निम्ति बोल्नेछ भने ग्रामपंचायत जिल्ला समितिले डी.एम.कार्यलयमा वार्ता गर्नेछन जसको लाभ अबोला एवं अन्याय सहेर बसेका जनताले नै पाउनेछ साथै आजको खण्ड बिकाश अधिकारी सित बसेको वार्ता कार्यान्वयन नभएको खण्डमा वेकाल्पिक मार्ग पनि अपनाउने छौ भनि एक बिज्ञप्ती मार्फत पार्टी खण्ड सचिव पवन बलले दिएका छन/

Share news to:

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB