Trending Vids

आइतबार फेरि ८ घण्टा बत्ती काटिने

WBSEDCL power cuts
कालेबुङ बिधुत बिभागले हालमा चारैतिर बिधुत मर्मत गर्ने कार्य गरिरहेको जान्नमा आएको छ | आगामी  आइतबार १५ जुनको दिन फेरी मङपु लगायत संग्लग्न  क्षेत्रहरुमा बिधुत काटिने जानकारी प्राप्त भएको  छ | उक्त दिन टिस्टा बजार लगायत राजमार्ग ३१ए क्षेत्रमा बिधुतको पोलहरुको मर्मती कार्य अनि साफ सफाई कार्य बिधुत विभागले गर्ने तय भएको हुनाले बिहान ८ बजे देखि ४ बजे बेलुकी सम्म आठ घण्टा बत्ती काटिने जानकारी कालेबुंङ बिधुत बिभागका अधिकारी (ए.ई.)प्रभासिका राईले जानकारी दिएका छन | उक्त बिधुत मर्मतीको कार्य टिस्टा फिटर अन्तर्गत हुने भएकोले  ३ अनि ४माइल,छिबुबस्ती,राजमार्ग३१ए,मल्ली,टिस्टाबजार,२९माइल,रम्बी,लोहापुल,सुन्तले, बिरीक, मङपु,सिटोंङ,लाटपन्चर,लंकु अनि संग्लग्न क्षेत्रहरुमा नै आठ घण्टा निम्ति बिधुत सर्बरहरा ठप्प रहने भएको छ |

Share news to:

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB