Trending Vids

राज्य सिचाई बिभागसित मिलेर एनएचपीसीले कार्य गर्ने

nhpc to work with irrigation department
राज्यको सिचाई बिभागले राखेको मासिक सभामा एनएचपीसीका अधिकारीगण उपस्थित हुन् पर्छ भन्ने  कुरालाई एनएचपीसीले स्वीकार गरेको छ |  राज्य सिचाई बिभागसित पनि जोगजोग राखेर आगामी दिन टिस्टा उर्जा संचालनको कार्य एनएचपीसीले गर्ने भएको छ | पश्चिम बंगाल राज्यमा एनएचपीसीद्वारा दुईवटा टिस्टा जलबिधुत परियोजनाहरु संचालन भईरहेको छ | जसमा टिस्टा जलबिधुत परियोजना चरण तीन दवारा बिधुत उत्पादन भईरहेको छ भने चरण चारको कार्य निर्माणधिन् भईरहेको छ |  टिस्टा जलबिधुत परियोजना चरण तीनद्वारा उत्पादन भएको बिधुत एनएचपीसीद्वारा सय प्रतिसत नै राज्यलाई दिइरहेको छ भने टिस्टा चरण चारको कार्य पनि समाप्त भए यहाबाट उत्पादन भएको बिधुत पनि प.बंगाललाई नै दिने भएको राज्यलाई यी दुईवटा  बिधुत परियोजनाबाट धेरै नै लाभ हुने एनएचपीसी अधिकारीले बताए | एनएचपीसी क्षेत्रीय सिलगडी कार्यलयका निर्देशकले एस.आर.रोईले पत्रकारहरुलाई बताए अनुसार एनएचपीसीले राज्यको प्रसासनिक अनि सम्बन्धित अधिकारीहरु सित मिलेर यस दुईवटा बिधुत परियोजनालाई सुचारुपले चलाउने कार्य गरिरहेको छ | एनएचपीसीको पक्षबाट प्रत्येक घण्टा नै   टीएलडीपी चरण तीनमा बढेको जलस्तर बिवरण टिस्टा बेरेज प्राधिकरणलाई दिरहेको निर्देशकले बताए साथै सिचाई बिभागद्वारा डाकेको सभामा पनि एनएचपीसीका अधिकारी सधै  नै उपस्थित रहेको जनाए | यसरी आगामी दिनमा पनि सिचाई बिभागद्वारा डाकेको सभामा सधै नै एनएचपीसीका अधिकारीगण उपस्थित रहने साथै राज्यको सिचाई बिभाग सित मिलेर नै बिधुत संचारको कार्य गर्ने जानकारी क्षेत्रीय निर्देशकले बताए |

Share news to:

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB