Trending Vids

एनएचपीसी द्वारा निशुल्क आँखा जाच शिविर सम्पन्न

Free Eye check up camp by NHPC
हिज स्थानीय एनएचपीसी डिसपेन्सरीमा लाइन्स क्लब अनि एनएचपीसीको सयुक्त तत्वधानमा निशुल्क आँखा  जाच शिबिर सम्पन्न भयो | उक्त शिबिरको उद्घाटन एनएचपीसी मुख्य अभियन्त प्रभारी एस. अधिकारीको बाहुलीबाट गरियो | टिस्टा जलबिधुत परियोजना चरण तीन एनएचपीसी सीएसआर बिभागको आयोजनामा सम्पन्न भएको निशुल्क आखा जाच शिविरमा १४८ जना बिरामीहरुले आँखा  जाच गराए | यसरी उक्त शिविरमा जाच गरिएको रोगीहरु मध्ये २० जनाको आखामा मोतीबिन्दु भएको हुनाले ती रोगीहरुलाई एनएचपीसीको पक्षबाट सिलगडी ग्रेटर लाइन्स अस्पतालमा लगेर निशुल्क रुपमा आखाको अप्रेसन गरिने भएको छ | उक्त बिरामीहरुलाई एक महिना सम्मको  औषधी अनि अस्पताल लेल्याउन अनि लैजान खर्च  एनएचपीसीले दिने  जानकारी एनएचपीसीका पीआरओ कौशिक दासले दिएका छन |

Share news to:

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB